ग्लोबल


अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेपछि खामेनीले लेखे: इरान आत्मसमर्पण गर्ने राष्ट्र होइन

अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेपछि खामेनीले लेखे:  इरान आत्मसमर्पण गर्ने राष्ट्र होइन

कतारस्थित अमेरिकाको सैन्य अड्डा अल-उदेइद बेसमा इरानी आक्रमणका बेला देखिएको दृश्य।


नेपालखबर
असार १०, २०८२ मंगलबार ६:५५, काठमाडौँ

कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले प्रतिक्रिया दिएका छन्। 

गएराति इरानले कतारको राजधानी दोहामा रहेको अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेको हो।

यसमा विषयमा खामेनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा तस्बिर पोस्ट गरेका छन्।

जसमा युद्धग्रस्त क्षेत्रको दृश्यसँगै जलिरहेको अमेरिकी झण्डा पनि छ। 

अनि उनले लेखेका छन्, ‘हामीले आक्रमणमा कसैलाई हानि पुर्‍याएका छैनौँ। हामी कसैबाट भएको अतिक्रमण सहने छैनौँ। इरान आत्मसमर्पण गर्ने राष्ट्र होइन। इरानका जनता र इरानको इतिहास जान्नेहरूलाई यो कुरा राम्ररी थाहा छ।’

हेर्नुहोस्, खामेनीको पोस्ट:

यसैबीच कतारले इरानले अमेरिकाको दोहा एयरबेसमा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। तर तीमध्ये १८ वटालाई रोकिएको र एउटा क्षेप्यास्त्र मात्र खसेको तथा यसले कुनै क्षति नभएको कतारको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad