यही जुन १३ देखि इजरायल र इरानबीच जारी लडाइँमा दुवैतर्फ गरेर हालसम्म कम्तीमा ६६० जना मारिएको रिपोर्ट सार्वजनिक भएको छ। अनि आक्रमणमा अहिलेसम्म १ हजार ७ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।
इजरायलको स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान इरानले गरेको आक्रमणमा २७१ जना घाइते भएको बताएको छ। यीमध्ये ७१ घाइते सोरोका अस्पतालका हुन्।
यसअघि मंगलबार इजरायली प्रधानमन्त्रीको कार्यालयले द्वन्द्व सुरु भएदेखि इरानी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु र ५९२ जना घाइते भएको बताएको थियो।
उता मंगलबार नै इरानको स्वास्थ्य मन्त्रालयले लडाइँ सुरु भएदेखि इजरायली हवाई आक्रमणमा कम्तीमा २२४ जनाको मृत्यु र १,२०० भन्दा बढी घाइते भएको बताएको थियो।
इरानको अनुगमन गर्ने वासिङ्टनस्थित मानव अधिकार संगठन मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएलए) ले भने शुक्रबारदेखि जारी युद्धमा हालसम्म इरानमा ६३९ जना मारिएको बताएको छ।
Shares

प्रतिक्रिया