ग्लोबल


इजरायलको दाबी: इरानका हतियार उत्पादनस्थलमै आक्रमण गर्‍यौँ

इजरायलको दाबी: इरानका हतियार उत्पादनस्थलमै आक्रमण गर्‍यौँ

फाइल तस्बिर: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी


नेपालखबर
असार ४, २०८२ बुधबार १३:२३, काठमाडौँ

इजरायली सेनाले लडाइँको छैटौँ दिन बुधबार इरानमा धेरै युरेनियम सेन्ट्रिफ्युज तथा हतियार उत्पादनस्थलमा आक्रमण गरिएको दाबी गरेको छ।

सेन्ट्रिफ्युज युरेनियम संवर्धनका लागि प्रयोग हुने मेसिन हुन्। 

इजरायली सेनाले विज्ञप्ति जारी भनेको छ, ‘५० भन्दा बढी विमानद्वारा गरिएका यी आक्रमणले तेहरानमा रहेका सेन्ट्रिफ्युज उत्पादन पूर्वाधारका साथै धेरै हतियार उत्पादनस्थललाई निशाना बनाएका छन्।’

जसमा सतहदेखि सतहसम्म प्रहार गर्ने क्षेप्यास्त्र जम्मा गर्न कच्चा पदार्थ र अन्य चिजहरू उत्पादन गर्ने पूर्वाधार पनि छन्।

सुरुमा जुन १३ मा इजरायलले इरानको 'आणविक कार्यक्रम'सँग सम्बन्धित स्थलमा आक्रमण गरेयता दुई देशबीच द्वन्द्व जारी छ।

बीबीसीका अनुसार, इजरायल-इरान द्वन्द्वको छैटौँ दिन इजरायलले इरानमा आक्रमण तीव्र पारेको छ। इरानले पनि इजरायलमा थप क्षेप्यास्त्र  प्रहार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad