ग्लोबल


इजरायलको दाबी: इरानी सेनाका नयाँ चिफ अफ स्टाफ पनि मार्‍यौँ

इजरायलको दाबी: इरानी सेनाका नयाँ चिफ अफ स्टाफ पनि मार्‍यौँ

इरानी सेनाका नवनियुक्त चिफ अफ स्टाफ अली शादमानी


नेपालखबर
असार ३, २०८२ मंगलबार १३:१८, काठमाडौँ

इजरायलले आफूले गरेको आक्रमणमा इरानी सेनाका नवनियुक्त चिफ अफ स्टाफ अली शादमानी पनि मारिएको दाबी गरेको छ।

केही दिनअघि मात्र तत्कालीन चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बगेरी मारिएपछि उनको स्थानमा शादमानीलाई नियुक्ति गरिएको थियो। 

तर रातभरको आक्रमणमा उनलाई पनि मारिएको दाबी इजरायली सेनाले गरेको सीएनएनले उल्लेख गरेको छ।  

इरानले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि शुक्रबारको आक्रमणमा इजरायलले इरानी सेनाका चिफ अफ स्टाफसहित इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सका कमान्डर इन चिफ जनरल हुसेन सलामी, सेनाका डेपुटी कमान्डर इन चिफ जनरल गुलाम अली रासिद मारिसकेको छ।

इजरायलले शुक्रबार बिहान इरानमा आक्रमण गरेयता दुई देशबीच हानाहान जारी छ। जसले विश्वभर चिन्ता छाएको छ। 

नेपाललगायत मुलुकले ती देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन सुझाव दिइरहेका छन्। चीनले त इजरायलमा रहेका आफ्ना नागरिकलाई सक्दो चाँडो त्यहाँबाट बाहिरिन चेतावनी दिएको छ। 

यसैबीच अमेरिकासमेत संलग्न जी-७ देशका नेताहरूले क्यानडामा शिखर सम्मेलन गरी इरानको विरोध र इजरायलको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad