क्यानडाको कानानास्किसमा सम्पन्न शिखर सम्मेलनपछि जी-७ देशका नेताहरूले इजरायल र इरानको द्वन्द्वबारे संयुक्त विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘हामी, जी-७ का नेताहरू मध्यपूर्वमा शान्ति र स्थिरताप्रति हाम्रो प्रतिबद्धता दोहोर्याउँछौँ।’
उनीहरूले विज्ञप्तिमा 'इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको' उल्लेख गरेका छन्।
उता इरानलाई भने 'क्षेत्रीय अस्थिरता र आतंकको वास्तविक स्रोत' भनी आरोप लगाएका छन्।
जी-७ नेताहरूले अगाडि भनेका छन्, ‘हामीले निरन्तर भनिरहेका छौँ- इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न सक्दैन।’
विज्ञप्तिमा इरानी संकट समाधानले गाजामा युद्धविरामसहित मध्य पूर्वकै युद्धमा ठूलो कमी ल्याउने दाबी गरिएको छ।
जी-७ नेताहरूले आफूहरू अन्तर्राष्ट्रिय ऊर्जा बजारप्रति सतर्क र यसको स्थिरता जोगाउन आफ्ना साझेदारसँग मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया