ग्लोबल


इरानले इजरायलमा फेरि हान्यो मिसाइल, लाखौँ इजरायलीको भागाभाग

इरानले इजरायलमा फेरि हान्यो मिसाइल, लाखौँ इजरायलीको भागाभाग

नेपालखबर
असार ३, २०८२ मंगलबार ८:४६, काठमाडौँ

इजरायली रक्षा बल (आईडीएफ) ले इरानले फेरि इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

यसैबीच इरानी राज्य सञ्चालित सञ्चारमाध्यमले मंगलबार बिहान तेहरानमा धेरैवटा विस्फोट भएको पुष्टि गरेको छ।

आईडीएफले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीअनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ, त्यसपछि यी क्षेत्रमा हवाई साइरन बज्न थालेका छन्।

आईडीएफका अनुसार, क्षेप्यास्त्र आक्रमणपछि लाखौँ इजरायली नागरिक सुरक्षित स्थानमा जानुपरेको छ।

अर्कातर्फ इरानी सञ्चारमाध्यमले तेहरानमा धेरै विस्फोट भएको र हवाई रक्षा प्रणालीले ठूलो गोलीबारी गरेको उल्लेख गरेको रोयटर्सले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad