गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको शव पहिचान गर्ने र आफन्तलाई बुझाउने क्रम जारी छ।
गुजरातका गृहमन्त्री हर्ष संघवीले सोमबारसम्म ११९ शवको पहिचान भएको र तीमध्य् ७६ वटा आफन्तलाई हस्तान्तरण गरिएको जानकारी दिएका छन्।
यसैबीच त्यही विमान दुर्घटनामा निधन भएका गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको सोमबार साँझ दाहसंस्कार गरिएको छ।
बाँकी शवको पहिचान गर्ने प्रक्रिया जारी छ। धेरै परिवारहरू शव लिन ४ दिनदेखि क्याम्पमा छन्।
यही जुन १२ मा अहमदाबादस्थित विमानस्थलबाट लन्डनका लागि उड्नासाथ एयर इन्डियाको बोइङ एआई-१७१ बस्तीमा खसेको थियो।
दुर्घटनामा विमानमा सवार २४१ जनासहित २७५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चालक दलसमेत जम्मा २४२ जना यात्रुमा एक जना मात्र बाँच्न सफल भए भने विमान खसेको भवनमा रहेका मानिसहरूको समेत मृत्यु हुँदा मृतकको संख्या बढी भएको हो।
Shares

प्रतिक्रिया