इजरायली आपत्कालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले तेल अभिभको दक्षिणमा रहेको बात याम सहरको एक भवनमा इरानले आक्रमण गर्दा चार जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको बताएको छ।
मृतकहरूमा ६९ वर्षीया महिला, ८० वर्षीया महिला, १० वर्षीय बच्चा र एक बालिका छन्।
इजरायली मिडियाका अनुसार, उत्तरी सहर ताम्रा र हाइफा नजिकैको आवासीय क्षेत्रमा पनि आक्रमण भएको छ। हमलामा दुवै ठाउँमा गरी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
इरानले आइतबार पनि इजरायलमा आक्रमण गरेको छ।
उता इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधारमा हमला गरिएको दाबी गरेको छ।
यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायलले इरानमा आक्रमण जारी राख्यो भने अझ तीव्र गतिमा जवाफी हमला गरिने चेतावनी दिएको छ।
504
Shares

प्रतिक्रिया