भारतीय राज्य केरलाको कोझिकोड तटमा सिंगापुरको झण्डा बोकेको जहाजमा लागेको आगो लागेको छ।
बीबीसी हिन्दीका अनुसार विस्फोटका कारण जहाजमा आगलागी भएको हो।
जहाजबाट लगभग २० कन्टेनर कोझिकोड तटमा खसेका छन्।
भारतीय तटरक्षक दल (आईसीजी)ले जहाजमा लागेको आगो निभाउन आफ्ना जहाज र विमान खटाएको छ।
सोमबार बिहान १०:३० बजेतिर वानहाई ५०३ नामक व्यापारिक जहाजमा आगलागी भएको खबर आएको थियो।
आईसीजीको डोर्नियर विमानलाई अवस्थाको मूल्यांकन गर्न खटाइएको छ।
दुर्घटनाग्रस्त जहाज केरला तटबाट १३० समुद्री माइल उत्तरपश्चिममा छ।

राति अबेरसम्म अधिकारीहरूले आगो अझै नियन्त्रणबाहिर रहेको बताएका छन्।
२२ सदस्यीय चालक दलका १८ जना समुद्रमा हाम फालेर उद्धार डुङ्गा चढेका छन्। तर चार जना सदस्य बेपत्ता भएको बताइएको छ।
765
Shares

प्रतिक्रिया