ग्लोबल


भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु

भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु

भारतमा उपचारका क्रममा कोरोना संक्रमित


नेपालखबर
जेठ २६, २०८२ सोमबार ७:२६, काठमाडौँ

भारतमा कोरोना संक्रमण फैलिने गति कम भएको छैन। 

कोरोना संक्रमणबाट भारतमा जनवरीयता हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ। 

जसमध्ये पछिल्लो ९ दिनमा मात्र ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जनवरीयता ११ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण पुष्टि भइसकेको छ तर यीमध्ये ५ हजार ५ सय जना निको भइसकेका छन्।

हाल भारतमा सक्रिय संक्रमतिको संख्या ६ हजार १३३ छ। जसमा सबैभन्दा बढी केरला राज्यमा १ हजार ९ सय कोरोनाका बिरामी छन्। 

भारतको स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

भारतका हरेक दिन लगभग ४ सयका दरले कोरोना संक्रमित थपिइरहका छन्।

तर अहिले फैलिरहेको कोरोना भाइरसको भेरिएन्ट त्यति गम्भीर खालको नभएको दाबी भारतका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले दाबी गरेका छन्। 

उनले भने, ‘हालको भेरिएन्ट ओमिक्रोन भाइरस कोरोना परिवारको हो, तर यो त्यति गम्भीर छैन। हामी सतर्क छौँ र कुनै पनि परिस्थितिलाई नियन्त्रण गर्न सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad