ग्लोबल


युक्रेनको दाबी: रुसलाई क्रिमियासँग जोड्ने पुल बमले उडायौँ

युक्रेनको दाबी: रुसलाई क्रिमियासँग जोड्ने पुल बमले उडायौँ

विस्फोटका बेला पुलको तस्बिर।


नेपालखबर
जेठ २१, २०८२ बुधबार ६:१, काठमाडौँ

युक्रेनको सुरक्षा सेवाले रुसलाई उसले कब्जा गरेको क्रिमियासँग जोड्ने पुल बमले उडाइदिएको दाबी गरेको छ।

युक्रेनले महिनौँको तयारीपछि पुलमुनि पानीमा झन्डै १,१०० किलोग्राम विस्फोटक पदार्थ राखिएको र मंगलबार बिहान ५ बजे टाढाबाट विस्फोट गराइएको बताएको छ।

युक्रेनले विस्फोटबाट पुलका खम्बाहरूमा क्षति पुगेको दाबी गरेको छ। केर्च स्ट्रेटमा यातायात दुईपटक तीन घण्टाका लागि रोकिएको थियो, तर अहिले पुनः सुरु भइसकेको छ।

यो पुल रुसी सेनाका लागि युक्रेनमा सामान र हतियार आपूर्ति गर्ने महत्त्वपूर्ण मार्ग हो। जसलाई युद्ध सुरु भएदेखि यो घटनाअघि दुईपटक लक्ष्य गरिएको थियो।

आइतबार युक्रेनले चार रुसी एयरबेसमा ठूलो ड्रोन आक्रमण गरेको छ। आक्रमणमा रुसको एकतिहाइ रणनीतिक बमवर्षक विमान नष्ट भएको अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad