ग्लोबल


भारतमा बाढी-पहिरोले २ दिनमा ३२ जनाको मृत्यु, आसाममा मात्रै ७८ हजार मानिसको बिचल्ली

भारतमा बाढी-पहिरोले २ दिनमा ३२ जनाको मृत्यु, आसाममा मात्रै ७८ हजार मानिसको बिचल्ली

नेपालखबर
जेठ १९, २०८२ सोमबार ७:४२, काठमाडौँ

भारतका उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाका कारण अवस्था भयावह बन्दै गएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार वर्षा, बाढी र पहिरोका कारण २ दिनमा ३२ जनाको मृत्यु भइसकेको छ।

बाढी-पहिरोमा परी आसाममा १६, अरुणाचलमा ९, मिजोरममा ४ र मेघालयमा ३ जनाको मृत्यु भएको हो।

बाढी-पहिरोबाट आसामका १५ भन्दा बढी जिल्लाका ७८ हजारभन्दा बढी मानिसको बिचल्ली भएको छ।

मणिपुरमा बाढी र पहिरोका कारण ३ हजार ८०२ जना पीडित भएका छन्।

यस्तै त्रिपुरामा १३०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने ८८३ घरमा क्षति भएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad