ग्लोबल


ताइवानले भन्यो: चिनियाँ लडाकु विमान र युद्धपोत हाम्रो क्षेत्रमा प्रवेश गरे

ताइवानले भन्यो: चिनियाँ लडाकु विमान र युद्धपोत हाम्रो क्षेत्रमा प्रवेश गरे

ताइवानले चीनलाई धेरैपटक सीमा उल्लंघन गरेको आरोप लगाएको छ (प्रतीकात्मक तस्बिर)


नेपालखबर
जेठ ११, २०८२ आइतबार ११:३२, काठमाडौँ

ताइवानले चिनियाँ विमान र उनीहरूका युद्धपोतले सीमा उल्लंघन गरेको आरोप लगाएको छ।

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार चिनियाँ विमान र उनीहरूका युद्धपोत ताइवानवरिपरि घुमिरहेको देखिएको बताएको हो। 

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, 'आइतबार बिहान ६ बजेतिर पिपुल्स लिबरेसन आर्मीको लडाकु विमानले ताइवानवरिपरिको मध्य रेखा पार गर्‍यो र आठ पिपुल्स लिबरेसन आर्मी नेवी युद्धपोतहरूले सीमा उल्लंघन गरे।'

उसले अगाडि भनेको छ, 'हामीले परिस्थितिमा नजर राखेका छौँ र तद्नुसार प्रतिक्रिया दिएका छौँ।'

यसअघि शनिबार पनि ताइवानवरिपरि आठ चिनियाँ विमान, १३ युद्धपोत र दुई आधिकारिक जहाज देखिएको दाबी ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad