रुसले युक्रेनका धेरै ठाउँमा हवाई आक्रमण गरेको र त्यसमा कम्तीमा १३ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
साथै हमलामा ५६ जना घाइते भएको उनीहरूले जानकारी दिएका छन्।
युक्रेनको वायुसेनाले रुसले देशको राजधानी किभमा २५० ड्रोन र १४ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।
आक्रमणका कारण धेरैवटा आवासीय भवनमा आगलागी भएको बताइएको छ।

रुसको हवाई आक्रमणमा परी राजधानी किभमा मात्र १४ जना घाइते भएको युक्रेनी वायु सेनाले जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘यस्ता हरेक आक्रमणबाट विश्व अझ प्रस्ट हुँदै छ- युद्ध लम्ब्याउने काम मस्को (रुस) ले गरिरहेको छ।’
345
Shares

प्रतिक्रिया