बेलायतले हिन्द महासागरमा अवस्थित चागोस द्वीप समूह मौरिससलाई हस्तान्तरण गरेको छ। यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशबीच हस्ताक्षर भएको छ।
चागोस द्वीप समूहको सबैभन्दा ठूलो टापु डिएगो गार्सिया ब्रिटिस-अमेरिकी सेनाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण नौसेना र बमवर्षक अड्डा हो।
बेलायतले यो कदमले सुरक्षाका लागि महत्त्वपूर्ण अमेरिकी-ब्रिटिस सैन्य अड्डाको भविष्य सुनिश्चित गर्ने बताएको छ।
यही कारण डिएगो गार्सिया अझै पनि बेलायत र अमेरिकाको नियन्त्रणमा रहनेछ।
यो टापु धेरै वर्षसम्म बेलायती कब्जामा थियो। यस विषयमा दुई देशबीच लामो समयदेखि वार्ता भइरहेको थियो।
798
Shares

प्रतिक्रिया