ग्लोबल


गाजामा रातभर इजरायली आक्रमण, कम्तीमा ६० जनाको मृत्यु

गाजामा रातभर इजरायली आक्रमण, कम्तीमा ६० जनाको मृत्यु

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १४:११, देइर अल-बालाह (गाजा पट्टी)

इजरायली आक्रमणबाट सोमबार रातिदेखि म‌ंगलबार बिहानसम्म गाजा पट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। 

इजरायलले हालैका दिनहरूमा यस क्षेत्रमा अर्को ठूलो आक्रमण सुरु गरेको छ र हमासले कब्जा गरेका दर्जनौँ बन्धकलाई फिर्ता गर्ने तथा उग्रवादी मूहलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ। 

सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अनिकालको डर उत्पन्न गरेको यस क्षेत्रका २० लाख प्यालेस्टिनीविरुद्धको नाकाबन्दी हटाउन दबाब दिइएको बताउँदै पहिलोपटक साढे दुई महिनामा गाजामा सहायता ट्रकहरूको सानो सङ्ख्या प्रवेश गर्न अनुमति दिन थालेका छन्। 

तर संयुक्त राष्ट्रसंघका निकायहरूले प्रवेश गरेका थोरै ट्रकहरू खाद्यान्न, औषधि र अन्य आपूर्तिको विशाल आवश्यकता पूरा गर्न कहीँ पनि पर्याप्त नभएको बताएका छन्। यस वर्षको सुरुमा युद्धविरामको समयमा दैनिक ६ सय ट्रक प्रवेश गरेका थिए। 

उत्तरी गाजामा एक परिवारको घर र एक विद्यालय बनेको आश्रयमा भएका दुई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मध्य सहर देइर अल बालाहमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने नजिकैको निर्मित नुसिरात शरणार्थी शिविरमा भएको अर्को आक्रमणमा १५ जनाको मृत्यु भएको अल-अक्सा सहिद अस्पतालले जनाएको छ। 

दक्षिणी सहर खान युनिसमा भएको दुई आक्रमणमा १० जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ।

इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन। सेनाले केवल उग्रवादीहरूलाई लक्ष्य गरेको बताउँछ। सेनाले नागरिक मृत्युका लागि हमासलाई दोष दिन्छ किनभने यो समूहले घना जनसङ्ख्या भएका क्षेत्रमा अभियान सञ्चालन गर्छ। 

गाजामा युद्ध हमास नेतृत्वका उग्रवादीहरूले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको थियो। युद्धमा हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिस मारिए भने दुई सय ५१ अन्यलाई अपहरण गरिएको थियो।

उग्रवादीहरूले अझै ५८ बन्दीलाई थुनामा राखेका छन्। अधिकांश युद्धविराम सम्झौता वा अन्य सम्झौतामा फिर्ता गरिएपछि लगभग एकतिहाइ जीवित रहेको विश्वास गरिन्छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणले गाजाको ठूलो भाग नष्ट गरेको छ, अधिकांश महिला तथा बालबालिकासहित ५३ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको छ। 

युद्धले प्यालेस्टिनी जनसङ्ख्याको करिब ९० प्रतिशतलाई विस्थापित गरेको छ र तीमध्ये अधिकांश धेरैपटक विस्थापित भएका छन्। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad