ग्लोबल


शेख हसिनाको सम्पत्ति छानबिन गर्न अनुसन्धान टोली गठन

ठगी मुद्दामा पक्राउ पुर्जी जारी
शेख हसिनाको सम्पत्ति छानबिन गर्न अनुसन्धान टोली गठन

फाइल तस्बिर: शेख हसिना


नेपालखबर
जेठ ४, २०८२ आइतबार २०:९, काठमाडौँ

बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवैध सम्पत्तिको अनुसन्धान सुरु गर्न लागिएको बताएको छ।

अनुसन्धानको जिम्मेवारी एसीसीका उपनिर्देशक मसुदुर रहमानलाई दिइएको छ।

एसीसीका एक अधिकारीका अनुसार आइतबार उपनिर्देशक रहमानको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको छ। 

अनुसन्धान टोलीले शेख हसिनाका चल र अचल सम्पत्तिको छानबिन गर्नेछ। 

यसैबीच 'पूर्वाचल प्लट ठगी' मुद्दामा आरोपपत्र दायर गरिएपछि अदालतले शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

साथै एसीसीले अब विमानस्थल विकास परियोजनाहरूमा भएका घोटाला प्रकरणमा पनि शेख हसिनाविरुद्ध अर्को मुद्दा दायर गर्ने भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। 

सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले उग्र रूप लिएपछि १६ वर्षदेखिको सत्ता छाड्दै बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिना गत वर्ष अगस्ट ५ देखि भारतको शरणमा छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad