ग्लोबल


अब 'अपरेसन सिन्दूर' भारतको 'न्यु नर्मल': मोदी

अब 'अपरेसन सिन्दूर' भारतको 'न्यु नर्मल': मोदी

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १७:६, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार (मे १३) पन्जाबको आदमपुर एयर बेस पुगे। त्यहाँ उनले सैनिकहरूलाई भेटे। यसपछि सैनिकहरूलाई सम्बोधन गर्दै उनले 'अपरेसन सिन्दूर'लाई भारतको 'न्यु नर्मल' भनेर वर्णन गरे।

प्रधानमन्त्री मोदीले भने, 'तपाईंहरूको वीरताका कारण आज अपरेसन सिन्दूरको प्रतिध्वनि कुनाकाप्चामा सुनिएको छ। यस अपरेसनका क्रममा प्रत्येक भारतीय तपाईंको साथमा उभिए। आज देशका प्रत्येक नागरिक आफ्ना सैनिक र उनीहरूका परिवारप्रति कृतज्ञ छन्।'

अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले मे ६-७ को मध्यरातमा पाकिस्तानका लक्षित स्थानमा आक्रमण गरेको थियो। भारतीय सेनाले यसलाई 'अपरेसन सिन्दूर' नाम दियो।

'अपरेसन सिन्दूर'बारे भारतीय प्रधानमन्त्री मोदीले भने, 'अपरेसन सिन्दूर कुनै साधारण सैन्य अपरेसन होइन। यो भारतको नीति, नियत र निर्णायकताको संगम हो।'

उनले भने, 'आतंकवादविरुद्ध भारतको लक्ष्मण रेखा अब धेरै स्पष्ट छ। यदि फेरि कुनै आतंकवादी आक्रमण भयो भने भारतले जवाफ दिनेछ, कडा जवाफ दिनेछ... अब अपरेसन सिन्दूर भारतको न्यु नर्मल हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad