ग्लोबल


पन्जाबमा सुरक्षा बलसँग तस्बिर खिचाउँदै मोदीले लेखे: बहादुर योद्धाहरूलाई भेटेँ

पन्जाबमा सुरक्षा बलसँग तस्बिर खिचाउँदै मोदीले लेखे: बहादुर योद्धाहरूलाई भेटेँ

मंगलबार पन्जाबको आदमपुर एयरबेसमा सुरक्षा बलसँग भेटघाट गर्दै मोदी।


नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १३:२७, काठमाडौँ

प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार बिहान पन्जाबको आदमपुर एयरबेसमा पुगेका छन्।

त्यहाँ उनले सिपाहीहरूलाई भेटेका छन्।

मंगलबार पन्जाबको आदमपुर एयरबेसमा सुरक्षा बलसँग भेटघाट गर्दै मोदी।

पाकिस्तानले आक्रमणका बेला आदमपुर एयरबेसलाई निशाना बनाइएको दाबी गरेको थियो।

प्रधानमन्त्री मोदीले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्- आज बिहान एएफएस आदमपुर गएँ र बहादुर योद्धाहरूलाई भेटेँ। साहस, दृढ संकल्प र निडरताको प्रतीक मानिने मानिसहरूसँग भेट्दा विशेष अनुभव भयो। देश सशस्त्र बलहरूप्रति सधैँ आभारी छ।

मंगलबार पन्जाबको आदमपुर एयरबेसमा सुरक्षा बलसँग भेटघाट गर्दै मोदी।

अर्कातर्फ मंगलबार जम्मु-कश्मीरको शोपियानमा भएको एक भिडन्तमा तीन जना लश्कर आतंककारी मारिएको दाबी भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

सोमबार राति जम्मु कश्मीर, पन्जाब र राजस्थानमा ड्रोनहरू देखिएको भारतीय सेनाले जनाएको छ। 

केही समयपछि सेनाले कुनै पनि शत्रु ड्रोनबारे कुनै जानकारी नभएको बताएको थियो।

आज सबै ठाउँमा अवस्था सामान्य रहेको बताइएको छ। 

मे ७ मा अपरेसन सिन्दूर सुरु भएदेखि पाकिस्तानी गोलाबारीबाट ६ सेना र २ बीएसएफ सैनिक मारिएको र ५९ जना घाइते भएको भारतले जनाएको छ। 

साथै २८ जना सर्वसाधारणले पनि ज्यान गुमाएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad