पाकिस्तानले शुक्रबार लगातार तेस्रो दिन भारतमा ड्रोन र मिसाइल आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय पत्रिका दैनिक भास्करको दाबीअनुसार साँझ पर्नेबित्तिकै जम्मु कश्मीरका उरी, तंगधार, केरन, मेन्धर, नौगाम, आरएस पुरा, अर्निया र पुंछमा गालाबारी सुरु भयो।
राति ८:३० बजेपछि पाकिस्तानले भारतका ४ राज्य गुजरात, जम्मू कश्मीर, राजस्थान र पन्जाबका २६ सहरमा ड्रोन आक्रमण गरेको र यस क्रममा श्रीनगर विमानस्थलमा समेत हमला भएको दाबी समाचारमा गरिएको छ।
उक्त पत्रिकाका अनुसार अवन्तीपोरा वायुसेना स्टेसनमा ड्रोन आक्रमण विफल पारिएको छ। जहाँ ठूलो विस्फोटको आवाज सुनिएको थियो।
यसैबीच चण्डीगढ र अम्बालामा हवाई आक्रमणको चेतावनी जारी गरिएको छ।
पाकिस्तानको ड्रोन आक्रमण प्रयासको जवाफमा नियन्त्रण रेखा (एलओसी) र अन्तर्राष्ट्रिय सीमा (आईबी) मा भारतीय सेनाको कारबाही अझै पनि जारी छ। समाचार एजेन्सी एएनआईले रक्षा स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
Shares

प्रतिक्रिया