रुसले भारत र पाकिस्तानबीच गहिरिँदै गएको टकराबप्रति गहिरो चिन्ता प्रकट गरेेको छ।
रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ- भारत र पाकिस्तानबीच गहिरो हुँदै गएको सैन्य टकराबबाट गम्भीर रूपमा चिन्तित छौँ।
आरटी वेबसाइटको रिपोर्टअनुसार, विज्ञप्तिमा दुवै देशलाई संयम अपनाउन आग्रह पनि गरिएको छ।
'रुस सबै प्रकारका आतंकवादको कडा शब्दमा निन्दा गर्दछ र यस दुष्टतासँग प्रभावकारी रूपमा लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासको आवश्यकतामा जोड दिन्छ', विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा थप भनिएको छ, 'आशा छ- भारत र पाकिस्तानबीचका विद्यमान मतभेद शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सकिन्छ।'
858
Shares

प्रतिक्रिया