ग्लोबल


पाँचवटा भारतीय जेट विमान खसालिएको पाकिस्तानको दाबी

पाँचवटा भारतीय जेट विमान खसालिएको पाकिस्तानको दाबी

भारतीय आक्रमणपछि त्रसित पाकिस्तानी सर्वासाधारण


नेपालखबर
बैशाख २४, २०८२ बुधबार १२:२२, काठमाडौँ

पाकिस्तानी सेनाले भारतले राति पन्जाबको सियालकोट र बहावलपुर साथै आजाद जम्मु-कश्मीरसहित ६ स्थानमा गरेको आक्रमणको बदलामा पाँच भारतीय जेट विमान खसालेको दाबी गरेको छ।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार बुधबार बिहान १ बजेपछि भारतले ‘अपरेसन सिन्दूर’ सुरु गरेपछि पाकिस्तानसँग सैन्य टकराव सुरु भएको थियो।

इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले भारतले आफ्नो हवाई क्षेत्र भित्रबाट आक्रमण गरेको पुष्टि गरेको छ। 

पाकिस्तानको एक सैन्य प्रवक्ताले ८ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन्। 

पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले बिहान २:४५ बजे दुई भारतीय जेट विमान खसालेको र यसको एक घण्टापछि तेस्रो विमान खसालेको दाबी गरेका छन्। 

यस्तै बिहान ५ बजेपछि तरार र रक्षामन्त्री ख्वाजा आसिफले चौथो र पाँचौँ भारतीय जेट विमान खसालेको पुष्टि गरेको भनेर डनले लेखेको छ। 

हताहतको तथ्यांकबारे थप विवरण दिँदै आईएसपीआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले ६ वटा क्षेत्रमा भारतीय आक्रमणमा मारिएका सर्वसाधारणको संख्या २६ पुगेको र ४६ जना घाइते भएको बताए। 

यता भारतीय सञ्चारमाध्यमको भने आफ्नै दाबी छ। यस क्रममा भारतीय पत्रिका दैनिक भास्करले आक्रमणमा सयभन्दा बढी आतंककारी मारिएको दाबी गरेको छ भने भारततर्फ क्षतिबारे केही उल्लेख गरेका छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad