अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई-निर्मित पोपको भेषमा आफ्नो तस्बिर सामाजिक सञ्जालमा आएको बारे अनभिज्ञता प्रकट गरेका छन्।
क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस बितेर क्याथोलिक समुदाय शोकमा रहेका बेला एकाएक ट्रुथ सोसल र ह्वाइट हाउसको एक्स अकाउन्टमा ट्रम्प पोपको पहिरनमा देखिएपछि आलोचना भइरहेको छ।
तर ट्रम्पले आफ्नो त्यस्तो तस्बिर कहाँबाट आयो, थाहा नभएको प्रतिक्रिया दिएका हुन्।
रोयटर्सका अनुसार मे ५ मा एक संवाददाताले ट्रम्पलाई पोपका रूपमा उनको तस्बिरबारे प्रश्न गरेका थिए। जवाफमा ट्रम्पले त्यो तस्बिर आफूले नबनाएको बताएका हुन्।
ट्रम्पले भने, ‘यसमा मेरो कुनै सरोकार छैन। कसैले पोपको जस्तो पहिरन लगाएको मेरो तस्बिर बनाएर इन्टरनेटमा राख्यो। यो मैले गरेको होइन। मलाई थाहा छैन यो (तस्बिर) कहाँबाट आयो। यो तस्बिर एआईद्वारा बनाइएको हुन सक्छ, तर मलाई यसबारे केही थाहा छैन।’
Shares

प्रतिक्रिया