ग्लोबल


रुसले भन्यो- युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका सबै विमानस्थल बन्द

रुसले भन्यो- युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका सबै विमानस्थल बन्द

मस्कोका मेयर सर्गेई सोब्यानिनले मे ५ मा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।


नेपालखबर
बैशाख २३, २०८२ मंगलबार ९:१६, काठमाडौँ

रुसले लगातार दोस्रो रात मस्कोलाई लक्ष्य गर्दै रातभर ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले टेलिग्राममा उल्लेख गरेअनुसार सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा भनेका छन्- कम्तीमा १९ वटा युक्रेनी ड्रोन "विभिन्न दिशाबाट" सहर पुग्नुअघि नै नष्ट गरिएको थियो।

उनका अनुसार नष्ट गरिएको ड्रोनका केही भग्नावशेष सहरतिर जाने प्रमुख राजमार्गमध्ये एकमा खसेका थिए, तर कुनै हताहत भएको छैन।

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। तर युक्रेनी सहर खार्किभका मेयरले रुसले रातारात सहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad