ग्लोबल


अर्जेन्टिनामा ७.५ म्याग्निच्युडको भूकम्प, चिलीसम्म सुनामीको चेतावनी

अर्जेन्टिनामा ७.५ म्याग्निच्युडको भूकम्प, चिलीसम्म सुनामीको चेतावनी

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार २०:३७, काठमाडौँ

अर्जेन्टिनामा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।

नेपाली समयअनुसार साँझ साढे ६ बजे आसपास उशुआइयाबाट २२२ किलोमिटर दक्षिण ड्रेक प्यासेजमा भूकम्प गएको हो। 

भूकम्प गएको केही मिनेटपछि नै सुनामीको चेतावनी जारी गरिएको छ।

यसमा मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानमा जान सल्लाह दिइएको छ।

अमेरिकी सुनामी चेतावनी प्रणालीले जारी गरेको सन्देशमा भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरभित्रका तटहरूमा खतरनाक छालहरू आउने सम्भावना रहेको उल्लेख गरिएको छ।

यो चेतावनी दक्षिणी अर्जेन्टिना र चिलीमा जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad