ग्लोबल


क्यानडामा कारले भिडमा ठक्कर दिँदा मृत्यु भएकाको संख्या ९ पुग्यो

क्यानडामा कारले भिडमा ठक्कर दिँदा मृत्यु भएकाको संख्या ९ पुग्यो

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १८:१८, काठमाडौँ

क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

नेपाली समयअनुसार आइतबार  बिहान साढे ८ बजे आसपास लापु लापु दिवस मनाउने क्रममा यो दुर्घटना भएको हो।

भ्यानकुभर प्रहरीले घटनामा नौ जनाको मृत्यु भएको बताएको छ।

घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ।

घटनाको कारण स्पष्ट छैन तर प्रहरीले यो आतंकवादी घटना नभएको विश्वास गरेको छ। बीबीसी 

घटनाका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। त्यसमा एउटा प्रहरीको गाडी र एम्बुलेन्स देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad