ग्लोबल


आतंकवादी आक्रमणको बचाउ गरेको आरोपमा एआईयूडीएफ विधायक गिरफ्तार

आतंकवादी आक्रमणको बचाउ गरेको आरोपमा एआईयूडीएफ विधायक गिरफ्तार

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ५:५६, काठमाडौँ

जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा टिप्पणी गरेको आरोपमा आसाम प्रहरीले अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ) का विधायक अमिनुल इस्लामलाई गिरफ्तार गरेको छ।

विधायक इस्लामको टिप्पणीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि आसाम प्रहरीले उनलाई पक्राउ गरेको हो। 

सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आसाम प्रहरीले लेखेको छ, ‘ढिंग विधायक अमिनुल इस्लामले सार्वजनिक रूपमा दिएको भ्रामक र उत्तेजक बयानका आधारमा मुद्दा दर्ता गरिएको छ। विधायकको बयान भाइरल भएपछि प्रतिकूल परिस्थिति सिर्जना हुने सम्भावना थियो।’

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले विधायकको गिरफ्तारीबारे भने, "अमिनुल इस्लामलाई पहलगाम आतंकवादी हमलामा पाकिस्तान र यसको संलग्नताको बचाउ गरेको आरोपमा पक्राउ गरिएको छ।’

"हामीले एउटा भिडिओ देखेका छौँ जसमा विधायकले पाकिस्तान र आक्रमणमा यसको संलग्नताको बचाउ गरिरहेका छन्। मैले प्रहरीलाई कारबाही गर्न निर्देशन दिएको थिएँ र सोहीअनुसार डीजीपीले मलाई उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्’, मुख्यमन्त्रीले पत्रकार सम्मेलनमा भने।

उनका अनुसार विधायकलाई अदालतमा पेस गरिनेछ।

जम्मु-कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा २६ जना मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad