ग्लोबल


पाकिस्तानी सैनिकले पन्जाब सीमामा समाते बीएसएफ जवान

पाकिस्तानी सैनिकले पन्जाब सीमामा समाते बीएसएफ जवान

बीएसएफ जवान पीके सिंह मूल रूपमा कोलकाताको हुगली जिल्लाका बासिन्दा हुन्। उनलाई अझै रिहा गरिएको छैन। बीएसएफका अधिकारीहरू पाकिस्तानी रेन्जरहरूसँग निरन्तर सम्पर्कमा छन्।


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ६:१०, काठमाडौँ

पहलगाम आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। यसैबीच पाकिस्तानी सैनिकले पन्जाबको भारत-पाकिस्तान सीमामा एक बीएसएफ (सीमा सुरक्षा बल) जवानलाई हिरासतमा लिएको छ।

यसपछि पाकिस्तानी मिडियाले सिपाहीका दुई तस्बिर जारी गरेको छ। एउटा तस्बिरमा आँखामा पट्टी बाँधिएको छ भने अर्को तस्बिरमा एक बीएसएफ जवान एके-४७ र पानीको बोतल लिएर उभिरहेका छन्।

यसैबीच जम्मु-कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच पछिल्लो २४ घण्टामा मुठभेड जारी छ।

यसमा एक जना सेनाका जवान मारिएको र सुरक्षा बलले आतंककारीका चार सहयोगीलाई पक्राउ गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad