ग्लोबल


श्रीमती र ३ वर्षीय छोरा लिएर कश्मीर घुम्न गएका इन्जिनियर आतंककारीबाट मारिए

‘सुरुमा हिन्दु हो भनेर सोधे, त्यसपछि नढलेसम्म गोली हानिरहे’
श्रीमती र ३ वर्षीय छोरा लिएर कश्मीर घुम्न गएका इन्जिनियर आतंककारीबाट मारिए

पहलगाममा भएको आतंकवादी हमलामा बेंगलुरुका ४१ वर्षीय इन्जिनियर भारत भूषण पनि मारिए। (फाइल तस्बिर)


नेपालखबर
बैशाख १०, २०८२ बुधबार २१:१२, काठमाडौँ

भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा मंगलबार (अप्रिल २२) भएको आतंकवादी हमलामा बेंगलुरुका ४१ वर्षीय इन्जिनियर भारत भूषण पनि मारिए।

उनलाई आतंककारीहरूले आफ्ना श्रीमती र ३ वर्षीय छोराकै अगाडि गोली हानेका थिए।

त्यो दु:खद क्षणका कुरा भूषणकी सासूले भारतीय सञ्चारमाध्यमलाई सुनाएकी छन्।

आक्रमणपछि भूषणकी सासुले आफ्नी छोरीसँग कुरा गरिन्।

उनकी छोरीले बताएअनुसार सुरुमा आतंककारीहरूले भारत भूषणलाई हिन्दु हो कि होइन भनेर सोधे र त्यसपछि उनी भुइँमा नलडेसम्म गोली हानिरहे। 

भूषणकी सासूले छोरीले भनेको कुरा सुनाउँदै अगाडि भनिन्, "आतंककारीहरूले तपाईं हिन्दु हो भनेर सोधे र त्यसपछि गोली हाने, उनीहरूले हिन्दु भएकै कारण गोली हानेका थिए।"

उनकी छोरी डाक्टर हुन्। पति (भरत भूषण) मरेको थाहा पाएपछि उनी मोबाइल र पर्स लिएर भागिन्।

भारतकी सासूले भनिन्, ‘मैले (मंगलबार) दिउँसो २:४५ बजे कुरा गरेको थिएँ। मेरी छोरी सुजातालाई भारतीय सेनाले सुरक्षित स्थानमा पुर्‍याएको छ।’

आन्ध्र प्रदेशस्थित नेल्लोरका स्थायी बासिन्दा भारत भूषण आफ्नो परिवारद्वारा सञ्चालित डायग्नोस्टिक सेन्टरका प्रबन्धक थिए। उनी बेंगलुरुको मट्टिकेरे क्षेत्रमा बस्थे। उनी आफ्नी श्रीमती र छोरासँग बिदा मनाउन कश्मीर गएका थिए।

उक्त हमलामा नेपाली युवा सुदीप न्यौपाने पनि मारिएका छन्। आक्रमणमा कूल २८ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad