ग्लोबल


आतंकवादी हमला: यी भारतीय एअरलाइन्सले टिकट रद्द शुल्क नलिने

आतंकवादी हमला: यी भारतीय एअरलाइन्सले टिकट रद्द शुल्क नलिने

नेपालखबर
बैशाख १०, २०८२ बुधबार ९:४२, काठमाडौँ

जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी हमलालाई ध्यानमा राखी भारतीय एअरलाइन्सहरूले टिकट रद्द गर्न चाहने यात्रुहरूलाई पूरा पैसा फिर्ता गर्ने घोषणा गरेका छन्। 

एयर इन्डिया एक्सप्रेस र एअर एसियाले अप्रिल ३० सम्मका लागि टिकट बुक गरेका यात्रुहरूलाई बिनाशुल्क भाडा फिर्ता दिने बताएका हुन्। 

मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा एक नेपालीसमेत कम्तीमा २७ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

नेपालले पनि उक्त आतंकवादी हमलाको कडा शब्दमा निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता जनाएको छ। 

जम्मु-कश्मीरमा भएको आतंकवादी हमलापछि भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad