रुसले घोषणा गरेको ३० घण्टाको इस्टर युद्धविरामको अवधि सकिएको छ।
यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त युद्धविराम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबले गरेको खुलासा भएको छ।
गत शुक्रबार मात्र ट्रम्पले रुस र युक्रेन चाँडै शान्ति सम्झौतामा पुगेनन् भने अमेरिकाले उनीहरूका लागि मध्यस्थता गर्न छाड्ने चेतावनी दिएका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले आइतबारपछि पनि इस्टर युद्धविराम जारी राख्न चाहेको बताएको थियो, तर त्यस्तो भएन।
रुस र युक्रेनले ३० घण्टा लामो इस्टर युद्धविरामका क्रममा एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका थिए।
यद्यपि ट्रम्प आफैँले यो युद्धविरामबारे केही बताएका छैनन्।
तर सामाजिक सञ्जालमा उनले रुस र युक्रेन यस हप्ता सम्झौतामा पुग्न सक्ने आशा व्यक्त गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति बनेको २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने दाबी गरेका थिए।
त्यसबेलादेखि ट्रम्पले शान्ति सम्झौतामा पुग्न नसकेकामा दुवै देशलाई दोष दिइरहेका छन्।
बीबीसीका अनुसार रुस युक्रेन होइन, शान्ति चाहन्छ भनेर देखाउन चाहन्छ।
Shares

प्रतिक्रिया