ग्लोबल


रुस र युक्रेनलाई ट्रम्पको चेतावनी: युद्धविराम गर्न सहमत भएनौ भने अमेरिका पछि हट्छ

रुस र युक्रेनलाई ट्रम्पको चेतावनी: युद्धविराम गर्न सहमत भएनौ भने अमेरिका पछि हट्छ

डोनाल्ड ट्रम्प


नेपालखबर
बैशाख ६, २०८२ शनिबार ८:२६, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले शान्ति सम्झौतामा पुग्न ‘धेरै गाह्रो’ बनाए भने अमेरिका थप वार्ताको मध्यस्थताबाट ‘पछि हट्ने’ चेतावनी दिएका छन्।

शुक्रबार ओभल अफिसमा मिडियासँग कुरा गर्दै ट्रम्पले यति नै दिनमा युद्धविराम सम्झौता हुनुपर्छ भन्ने अपेक्षा नभए पनि सकेसम्म चाँडो होस् भन्ने चाहेको बताए। 

बीबीसीका अनुसार रुस र युक्रेनबीचको सम्झौताबारे प्रश्न गर्दा ट्रम्पले भने, ‘यहाँ हामी मरिरहेका मानिसहरूका बारेमा कुरा गर्दै छौँ। सैद्धान्तिक रूपमा हामी यसलाई रोक्दै छौँ।’

‘यदि कुनै कारण दुई पक्षमध्ये एकले धेरै गाह्रो बनायौ भने हामी तिमीलाई भन्ने छौँ- मूर्ख, बेवकुफ र भयानक मान्छे। हामी पछि हट्नेछौँ।’

ट्रम्पको यो बयान यस्तो समयमा आएको हो जतिबेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफलाई 'रुसी न्यारेटिभ फैलाएको' आरोप लगाएका छन्। 

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युद्धविराम सम्झौताको कुनै स्पष्ट संकेत देखिएन भने अमेरिकाले केही दिनभित्र रुस-युक्रेन शान्ति सम्झौताको मध्यस्थता नगर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad