ग्लोबल


‘एलिएन रजिस्ट्रेसन’ नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे जेल

‘एलिएन रजिस्ट्रेसन’ नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे जेल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
चैत ३०, २०८१ शनिबार १०:४२, काठमाडौँ

अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकले एलिएन दर्ता ऐन (एलिएन रजिस्ट्रेसन एक्ट) अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ।

ह्वाइट हाउसकी प्रेस सचिव  क्यारोलिन लेभिटले आज (अप्रिल ११) विदेशी दर्ता ऐनअन्तर्गत दर्ता गर्ने अन्तिम मिति भएको जानकारी गराउँदै उक्त कुरा बताएकी हुन्। 

बीबीसीका अनुसार उनले भनेकी छन्, ‘एलिएन रजिस्ट्रेसन एक्टअन्तर्गत दर्ता गर्ने आज (अप्रिल ११) अन्तिम मिति हो। संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले संघीय सरकारमा पञ्जीकरण गर्नुपर्छ।’

उनले थपिन्, ‘पालना गर्न असफल हुनु जरिवाना, जेल वा दुवै सजाय हुने अपराध हो।’

क्यारोलिनले राष्ट्रपति डोनाल्ट ट्रम्पको भनाइ सम्झाउँदै भनिन्, ‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैँ यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुनेछैन।"

यसैबीच अमेरिकी गृह सुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकहरूलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको छ। 

त्यसमा होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, ‘राष्ट्रपति ट्रम्प र मेरो देशमा गैरकानुनी रूपमा प्रवेश गर्नेहरूका लागि स्पष्ट सन्देश छ: अब हाम्रो देश छाड्नुहोस्।’

प्रेस विज्ञप्तिमा अप्रिल ११ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताको प्रमाणबिना अमेरिकामा रहेका विदेशी नागरिकलाई अप्रिल ११ सम्म तुरुन्तै दर्ता गर्न भनिएको छ। 

दर्ता प्रमाणबिना २०२५ अप्रिल ११ वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad