ग्लोबल


एअर इन्डियाको उडानमा फेरि पिसाब काण्ड

एअर इन्डियाको उडानमा फेरि पिसाब काण्ड

नेपालखबर
चैत २७, २०८१ बुधबार १९:२१, काठमाडौँ

भारतको दिल्लीबाट थाइल्यान्डको बैंकक गइरहेको एअर इन्डियाको उडान एआई २३३६ को बिजनेस क्लासमा एक पुरुष यात्रुले निजी कम्पनीका एक वरिष्ठ अधिकारीमाथि पिसाब फेरेका छन्।

हिन्दुस्तानका अनुसार एअर इन्डियाले घटनाको पुष्टि गर्दै चालक दलले पीडित यात्रुलाई उजुरी दर्ता गर्न मद्दत गर्ने प्रस्ताव गरेको तर उनले नमानेको बताएको छ। 

यो घटना बैंककमा विमान अवतरण गर्ने क्रममा भएको थियो। 

पिसाब फेरेका यात्रुले पीडितसँग माफी मागेका थिए।

एअर इन्डियाका प्रवक्ताले भने, ‘एयर इन्डियाले पुष्टि गर्छ कि ९ अप्रिलमा दिल्लीबाट बैंककको उडान एआई २३३६ नियन्त्रण गर्ने क्याबिन क्रुलाई एक अनियन्त्रित यात्रुको व्यवहारबारे जानकारी गराइएको थियो। चालक दलले सबै निर्धारित प्रक्रिया पालना गर्‍यो र यो कुरा अधिकारीहरूलाई रिपोर्ट गरिएको छ।’

कम्पनीले अगाडि भनेको छ, ‘अनियन्त्रित यात्रुलाई चेतावनी दिनाका साथै हाम्रो चालक दलले पीडित यात्रुलाई बैंककका अधिकारीसमक्ष उजुरी दर्ता गर्न सहयोग गर्ने प्रस्ताव राखेको थियो, तर त्यतिबेला अस्वीकार गरियो। अनियन्त्रित यात्रुविरुद्ध यदि कुनै कारबाही गर्नपर्‍यो भने एक स्थायी स्वतन्त्र समिति गठन गरिन्छ। एअर इन्डियाले यस्ता घटनामा डीजीसीएद्वारा तोकिएको एसओपी पालना गरिन्छ।’

एअर इन्डियाको उडानमा यात्रुले पिसाब फेरेको यो पहिलो घटना होइन। नोभेम्बर २०२२ मा पनि यस्तै एउटा घटना सार्वजनिक भएको थियो। त्यतिबेला शंकर मिश्रा नामका यात्रुले एअर इन्डियाको न्युयोर्क-दिल्ली उडानमा एक महिला यात्रुमाथि पिसाब फेरेका थिए। ती व्यक्तिले यात्राका क्रममा चारपटक रक्सी खाएका थिए। मिश्रालाई जनवरी ४ मा बेंगलुरुबाट पक्राउ गरिएको थियो र त्यसपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको थियो। तर जनवरी ३१ मा अदालतले उनलाई जमानत दियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad