दक्षिणी जापानको टापु क्युसुमा रहेको कुमामोतोमा मंगलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।
जेएमएका अनुसार भूकम्पको केन्द्रबिन्दु कुमामोतो तटनजिकै समुद्रमा १० किलोमिटर गहिराइमा थियो।
शक्तिशाली भूकम्पपछि तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन सल्लाह दिइएको छ।
हालसम्म कुनै ठुलो क्षति वा हताहतको रिपोर्ट आएको छैन।
स्थानीय अधिकारीहरूले परिस्थितिको निगरानी गरिरहेका छन् र मानिसहरूलाई आधिकारिक निर्देशन पालना गर्न आग्रह गरिएको छ।
24
Shares

प्रतिक्रिया