भारतको पन्जाबस्थित मोहालीको पोक्सो अदालतले पास्टर बजिन्दर सिंहलाई यौन उत्पीडन तथा बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। सजाय भने अप्रिल १ मा सुनाइने अदालतले जनाएको छ।
आजतकका अनुसार ताजपुर गाउँमा रहेको चर्च अफ ग्लोरी एन्ड विजडमका पास्टर सिंह अन्तिम सुनुवाइका लागि अन्य ६ अभियुक्तसहित शुक्रबार मोहालीको पोक्सो अदालतमा उपस्थित भएका थिए। अन्यलाई भने प्रमाणको अभावमा अदालतले सफाइ दिएको छ।
यो मुद्दा सन् २०१८ मा जिरकपुरकी एक नाबालिगलाई बलात्कार गरिएको घटनासँग सम्बन्धित छ।
सो घटनामा पास्टर बजिन्दरलाई जुलाई २०१८ मा दिल्ली एयरपोर्टमा लन्डनको उडानमा चढ्ने प्रयास गर्दा पक्राउ गरिएको थियो।
पीडितको जाहेरीका आधारमा जिरकपुर प्रहरीले चमत्कारबाट रोग निको हुने दाबी गर्ने जलन्धरका पास्टर बजिन्दर सिंहसहित ७ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।
पास्टर बजिन्दर सिंहले जालन्धरकी एक नाबालिगसँग गलत कार्य गरेको कसुर छ।
प्रहरीका अनुसार बजिन्दरले उनको फोन नम्बर लिए र अश्लील सन्देश पठाउन थाले। अनि उनलाई चर्चको केबिनमा एक्लै बसाउन थाले र यौन दुर्व्यवहार गर्न थाले।
Shares

प्रतिक्रिया