ग्लोबल


भारतीय सर्वोच्च अदालतको फैसला: बिहेको वाचा तोड्नु बलात्कार होइन

भारतीय सर्वोच्च अदालतको फैसला: बिहेको वाचा तोड्नु बलात्कार होइन

भारतको सर्वोच्च अदालत


नेपालखबर
चैत १३, २०८१ बुधबार १२:५३, काठमाडौँ

भारतको सर्वोच्च अदालतले विवाह गर्ने वाचा तोड्नु बलात्कार नहुने फैसला गरेको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तानका अनुसार भारतीय सर्वोच्च अदालतले सोमबार त्यस्तो फैसला सुनाएको हो।    

उक्त मुद्दाामा एक पुरुषले विवाहको आश्वासन दिएर जबरजस्ती शारीरिक सम्बन्ध बनाएको अभियोग थियो। 

तर यसमा अदालतले बिहेको वाचा तोड्नु नै  बलात्कार हुन नसक्ने फैसला सुनाउँदै मुद्दा टुंग्याइदिएको हो।

यसअघि मद्रास उच्च अदालतले आईपीसीको धारा ३७६ र ४२० अन्तर्गत युवकविरुद्ध दर्ता गरिएको एफआईआर खारेज गर्न अस्वीकार गरेको थियो। यसपछि उनी सर्वोच्च अदालत पुगे, जहाँ न्यायाधीश सुधांशु धुलिया र न्यायाधीश के विनोद चन्द्रनको इजलासले उनको याचिका स्वीकार गरेको हो।

फैसलामा सर्वोच्च सर्वोच्च अदालतले युवती तीनपटक आरोपितसँग होटलको कोठामा गएको उल्लेख गरेको छ। साथै घटनाका बेला कुनै धोका दिने कुरा गरेको प्रमाण फेला नपरेकाले युवकले विवाहको वाचा तोडे भनेर अनुमान गर्न नसकिने पनि बताएको छ।

अदालतले भनेको छ, ‘पीडितले प्रहरीसमक्ष दिएको बयान, पहिलो जानकारी बयान र त्यसपछि रेकर्ड गरिएका बयान दुवै पढेपछि, दुई पक्षबीच भएको शारीरिक सम्बन्ध पीडितको सहमतिबिना भएको थियो भनेर हामी मान्न सक्दैनौँ। पीडित आफैँले आफूहरू सम्बन्धमा रहेको स्वीकार पनि गरेकी छन्।’ 

अदालतले अगाडि भनेको छ, ‘पीडितलाई जबर्जस्ती गरिएको र अभियुक्तसँग यौनसम्पर्क गर्न धम्की दिइएको पनि आरोप छ। पीडितको बयानअनुसार, यो तीनचोटि उस्तै तरिकाले भयो, जब उनी स्वेच्छाले आरोपितसँग होटलको कोठामा तीनपटक गइन्। पीडितले बताएअनुसार पहिलो र दोस्रो घटनापछि उनी मानसिक रूपमा विचलित भइन् तर पनि आरोपितग होटलको कोठामा जानबाट आफूलाई रोक्न सकिनन्।’

सर्वोच्च अदालतले प्रत्येक घटनापछि तनावमा रहेको दाबी गरे तापनि पीडित स्वेच्छाले तीनपटक अभियुक्तसँग होटलको कोठामा गएको बताएको छ। अदालतले यो व्यवहार पीडितले लगाएको जबर्जस्ती आरोपको विपरीत भएको ठहर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad