सामाजिक कथा वस्तुमा फिल्म ‘बिगुल’ निर्माणको घोषणा गरिएको छ। यस फिल्ममा अभिनेता नरेन खड्का मुख्य भूमिकामा देखिनेछन्। निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गरेको हो।
एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका खड्का पछिल्लोपटक ‘१२ गाउँ’मा देखिएका थिए।
‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट चर्चामा आएका हुन्। ‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जितिसकेका छन्।
बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ।
अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’ मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ। निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ।
यो चलचित्रलाई निर्देशन रमेश कोइरालाले गर्नेछन्। उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका छन्। मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन्।
एमजीपी ब्यानरमा निर्माण हुने चलचित्रको छायांकनको जिम्मेवारी शिव ढकालले लिएका छन्। नयाँ वर्ष २०८२ को बैशाख १ गते विशेष मुहूर्त गरी फिल्मको सुरु गरिने निर्माणपक्षले जनाएको छ।
Shares

प्रतिक्रिया