ग्लोबल


युनिफिकेसन चर्च भंग गर्न जापानी अदालतको आदेश

युनिफिकेसन चर्च भंग गर्न जापानी अदालतको आदेश

नेपालखबर
चैत १२, २०८१ मंगलबार १९:४४,

जापानको एक अदालतले विवादास्पद युनिफिकेसन चर्च भंग गर्न आदेश दिएको छ। २०२२ मा पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि यो चर्च अझ बढी विवादमा आएको थियो।

टोकियोको एक जिल्ला अदालतले चर्चको करमुक्त हैसियत खारेज गरेको छ भने चर्चले सम्पूर्ण सम्पत्ति बेच्नुपर्ने छ। यद्यपि, चर्चलाई जापानमा क्रियाशील हुन भने दिइएको छ।

हत्या अभियुक्तले आबेको सम्बन्ध सो चर्चसँग भएकाले आफूले उनको ज्यान लिएको बयान दिएका थिए। चर्चले आफ्नो परिवार टाट पल्टाएको उनको भनाइ थियो।

चर्चले भक्तहरुलाई ललाइफकाइ अत्यधिक चन्दा लिने गरेको भन्दै जापानी शिक्षा तथा संस्कृति मन्त्रालयले चर्च भंग गर्न मुद्दा दिएको थियो।

तर, चर्चले भने ती चन्दा वैध धार्मिक गतिविधिकै हिस्सा भएको दलिल गरेको थियो। मंगलबारको आदेशबारे उसले पुनरावेदन गर्न सक्ने छ।

युनिफिकेसन चर्च दक्षिण कोरियामा स्थापना भएको थियो। १९६० को दशकदेखि यो चर्च जापानमा छ। सुन म्युङ मुनले स्थापना गरेको हुनाले उनीहरुलाई ‘मुनिज’ पनि भनिँदै आएको छ।

जापानको सत्तारुढ दलको आन्तरिक छानबिनमा ३७९ मध्ये १७९ सांसदले यो चर्चसँग कुराकानी गरेको पत्ता लागेको थियो। थुप्रैले चुनावी सहयोग पनि लिएका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad