ग्लोबल


दिल्ली उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद (भिडिओ)

दिल्ली उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद (भिडिओ)

दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्मा


नेपालखबर
चैत १०, २०८१ आइतबार १४:४५, काठमाडौँ

भारतस्थित दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ बरामद भएको छ।

सनसनी मच्चाएको घटनाका विषयमा भारतीय सर्वोच्च अदालतले अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिसकेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार प्रतिवेदनसँगै नगदको भिडिओ र तस्बिर पनि सार्वजनिक गरिएका छन्। त्यसमा जलेका ५०० रुपैयाँका नोटका बन्डल देखिन्छन्।

प्रतिवेदनअनुसार यही मार्च १४ का दिन न्यायाधीश वर्माको घरमा आगलागी भएपछि दमकल टोली त्यहाँ पुगेका थिए। आगो नियन्त्रणमा ल्याएपछि ४-५ वटा आधा जलेका बोराहरू भेटिए, जुन नोटहरूले भरिएका थिए। रकम लगभग १५ करोड रुपैयाँ थियो।

घटना अनुसन्धानका लागि दिल्ली प्रधानन्यायाधीशले ३ सदस्यीय अनुसन्धान समिति गठन गरेका छन् र न्यायाधीश वर्मालाई कुनै पनि काम गर्न नदिन भनेका छन्। उनको मोबाइल फोन जाँच गर्न पनि आदेश दिइएको छ।

न्यायाधीश वर्माले भने घटनाका बेला आफू घरमा नभएको र आफूलाई फसाइएको दाबी गरेका छन्।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad