कोशी


सुरू भयो प्रेस चौतारीको दशौँ महाधिवेशन

सुरू भयो प्रेस चौतारीको दशौँ महाधिवेशन

नेपालखबर
चैत १०, २०८१ आइतबार १४:४७, विराटनगर

नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशन आज आइतबारबाट विराटनगरमा सुरु भएको छ।

महाधिवेशनको पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन्। यसअघि महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने चर्चा थियो। तर उनले महाधिवेशन उद्घाटनका लागि आफू नआई महासचिव पोखरेललाई पठाएका छन्।

महाधिवेशन सुरु हुनुअघि नै चौतारीको अध्यक्षसहितका आकांक्षीहरू मैदानमा देखिन थालेका छन्। यद्यपि पार्टीका नेताहरूले अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम किटान गरिदिएपछि चौतारीभित्र तीव्र असन्तोष सुरु भएको छ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न भन्दै  देशैभरीबाट विराटनगर आइपुगेका चौतारीका प्रतिनिधिहरू आफ्नो संगठनको नेतृत्व आफैँ छान्न पाइने हो कि नेताहरूले घोषणा गरेको नाममा समर्थनको ताली बजाउनुपर्ने हो भन्ने अन्योलमा देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad