ग्लोबल


इजरायलका सुरक्षा सेवा प्रमुख बर्खास्त

इजरायलका सुरक्षा सेवा प्रमुख बर्खास्त

इजरायलका सुरक्षा सेवा प्रमुख रोनेन बारलाई बिहीबार इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा बर्खास्त गरेको छ।


नेपालखबर
चैत ८, २०८१ शुक्रबार १२:५३, काठमाडौँ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले २०२३ अक्टोबर ७ मा हमासले गर्न सक्ने आक्रमणको अनुमान गर्न असफल भएको भन्दै देशको सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गरेका छन्।

बीबीसीका अनुसार बिहीबार साँझ बसेको इजरायली मन्त्रिपरिषद्को बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने औपचारिक निर्णय अनुमोदन गरेको हो।

रोनेन बारलाई अक्टोबर २०२१ मा पाँच वर्षका लागि शिन बेटको प्रमुखका रूपमा नियुक्त गरिएको थियो।

गत आइतबार नेतन्याहुले एक भिडिओ वक्तव्यमार्फत रोनेन बारलाई बर्खास्त गर्ने बताएका थिए। 

नेतन्याहुको यो कदमले इजरायली नागरिकमा आक्रोश पैदा गरायो र जेरुसेलममा सरकारविरोधी प्रदर्शन थप चर्कायो। 

यसले गर्दा हजारौँ इजरायली गाजामा इजरायलको नयाँ आक्रमणविरुद्धको प्रदर्शमा सामेल भए।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा अचानक आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

त्यसको जवाफमा इजरायलमा गरेको हमलामा अहिलेसम्म हजार जनाभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यसबीच गत जनवरी १९ देखि मार्च ३० सम्म हमास र इजरायलबीच युद्धविराम भएको थियो भने यस अवधिमा हमासले २५ जना जीवित र ८ जना मृत बन्धक इजरायललाई फिर्ता गरेको छ। बदलामा इजरायलले पनि १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

तर यो युद्धविराम अवधि लम्ब्याउने विषयमा वार्ता नहुँदा दुई पक्ष फेरि भिडन्तमा उत्रिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad