खेल


पोर्चुगललाई हराएपछि होजलुन्डले गरे रोनाल्डोको सेलिब्रेसन

पोर्चुगललाई हराएपछि होजलुन्डले गरे रोनाल्डोको सेलिब्रेसन

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १२:५४, काठमाडौँ

नेसन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पोर्चुगललाई डेनमार्कले पराजित गरेको छ। 

घरेलु मैदानमा डेनमार्कको लागि बेन्चबाट आएका रसमस होजलुन्डले खेल सकिनु १२ मिनेट अघि विजयी गोल गरे। त्यसअघि २४ औँ मिनेटमा क्रिश्चियन एरिक्सनको पेनाल्टी डियोगो कोस्टाले बिफल बनाएका थिए। 

रोनाल्डो नेतृत्वको टोलीलाई पराजित गरेपछि होजलुन्डले रोनाल्डोकै जस्तो सेलिब्रेसन गरेका थिए। तर उनले यसको अर्थ आफ्ना आइडल क्रिस्टियानो रोनाल्डोको मजाक उडाएको भने अस्वीकार गरे। 

म्यानचेस्टर युनाइटेडका फरवार्डले  भने कि, ‘यो उनको वा अरू कुनै कुराको मजाक उडाउनको लागि थिएन, मैले सधैं भनेको छु कि मेरो फुटबल करियरको लागि रोनाल्डो ठूलो महत्त्व छ।’

विश्वकै उत्कृष्ट फुटबलर र आफ्नै आदर्श विरुद्ध खेल्नु र आफैँले गोल गरेर जित्नु भन्दा राम्रो अरु हुनै नसक्ने उनले प्रतिक्रिया दिए। 
‘रोनाल्डो र पोर्चुगलविरुद्ध गोल गर्नु ठूलो कुरा हो। म २००९ मा उनलाई भेट्न गएँ, जहाँ उनले फ्रीकिकबाट गोल गरे, र म त्यसबेलादेखि नै उनको प्रशंसक हुँ,’ होजलुन्डलेभने। 

म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्व स्टार रोनाल्डो, जो अहिले साउदी प्रो लिग क्लब अल नासरका लागि खेल्छन्। उनले पोर्चुगलका लागि पूरा ९० मिनेट खेले पनि गोल भने गर्न सकेनन्। खेलमा पोर्चुगल निराश देखिन्थ्यो। कप्तान रोनाल्डोले प्रतियोगितामा प्रभाव पार्न सकेनन्। उनको एक मात्र हेडर प्रहार पनि पोस्टको बाहिर उड्यो।

होजलुन्डले गत साता प्रिमियर लिगमा लेस्टरविरुद्ध २१ खेलको गोल खडेरी तोडेका थिए। त्यसपछि क्लब र देशका लागि लगातार गोल गर्न पनि उनी सफल भए। अब आइतबार दोस्रो लेगका लागि पोर्चुगलको लिस्बन जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad