ग्लोबल


पति छाडेर परपुरुषसँग प्रेम गरिन्, झगडा परेपछि ज्यान फालिन्

पति छाडेर परपुरुषसँग प्रेम गरिन्, झगडा परेपछि ज्यान फालिन्

नेपालखबर
फागुन २८, २०८१ बुधबार १४:५९, काठमाडौँ

भारतस्थित बिहारको मुजफ्फरपुरमा एक विवाहित महिलाले परपुरुषसँग गरेको प्रेमका कारण ज्यान फालेकी छन्।

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार प्रेमीसँग झगडापछि मनीषा कुमारीले झुन्डिएर प्राण त्यागेकी हुन्। 

सुरेश साहनीकी छोरी मनीषाको बिहे अहियापुरमा भएको थियो। उनको ७ वर्षकी छोरी पनि छिन्। तर उनी समस्तीपुरका अर्कै पुरुष बाबुल कुमारसँग प्रेम गर्थिन्।

सोही कारण श्रीमान्‌सँग विवाद परेपछि छोरी लिएर मामाघर हिँडिन् र त्यहीँ बस्न थालिन्। यसबीच पतिसँग उनको मुद्दा पनि चलिरहेको थियो। उनका बुबाआमा भने बैंगलोरमा बस्छन्। 

यही मार्च ९ का दिन उनको शव मुजफ्फरपुर जिल्लाको हट्टा थाना इलाकाको मलाह टोलीस्थित आफ्नो मामाको घरमा झुन्डिएको अवस्थामा फेला परेको हो। 

त्यसपछि मृतक महिलाको परिवारले उनको शव समस्तीपुरस्थित उनकै प्रेमीको घरको ढोकामा लगेर झुन्ड्याइदिएका छन्। डरले प्रेमीका पूरै परिवार फरार भएका छन्। महिलाको शव मंगलबार बेलुकीसम्म पनि प्रेमीकै ढोकामा रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad