ग्लोबल


अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ

अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन २६, २०८१ सोमबार ६:२६, काठमाडौँ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक कार्यक्रममा वार्ताका  लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्रबारे जवाफ दिएका छन्।

ट्रम्पले शुक्रबार तेहरानलाई पत्र पठाउँदै आणविक सम्झौताका लागि वार्ता गर्न सहमत भएन भने उसले सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।

यस विषयमा शनिबार प्रतिक्रिया दिँदै अयातोल्लाह अली खामेनीले इरानले ‘धम्की दिने सरकारहरू’सँग वार्ता नगर्ने बताएका हुन्।

संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले उनको सरकारले हालैका वर्षहरूमा आफ्नो आणविक कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन्।

ट्रम्पले इरानको आणविक कार्यक्रमलाई अगाडि बढ्नबाट रोक्न नयाँ सम्झौता गर्न चाहेको बताएका छन्।

शुक्रबार ट्रम्पले इरानलाई वार्ताको मौका दिइएको अन्यथा उसको आणविक कार्यक्रमलाई लक्षित गर्न सकिने धम्की दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad