ग्लोबल


दक्षिण अफ्रिकामा बस र ट्रक ठोकिँदा १० जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस र ट्रक ठोकिँदा १० जनाको मृत्यु

घटनास्थल


नेपालखबर
फागुन २१, २०८१ बुधबार १९:३८, जोहानेसबर्ग

दक्षिण अफ्रिकाको केन्द्रीय प्रान्त फ्रि स्टेटमा बुधबार बिहान बस र ट्रक आपसमा ठोकिँदा १० जनाको मृत्यु हुनाका साथै कैयौँ घाइते भएका छन्।

राज्य पुलिसले जारी गरेको विज्ञप्ति अनुसार, दुर्घटना स्थानीय समयअनुसार बिहान ४:२० बजे प्रान्तको रेडर्सबर्ग र स्मिथफिल्डको बीचको एन६ सडकमा भयो, जब ३५ यात्रु बोकेको बस एक ट्रकसँग ठोकिएको थियो।

“दुई वर्षीया बालिका, ६ जना महिला र ३ पुरुष गरी १० जनाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा ट्रक र बस दुवैका चालक जोगिए”, प्रहरीले भनेको छ, “पाँच गम्भीर घाइते यात्रुहरूलाई ब्लोमफन्टेनको अस्पतालमा लगियो, जबकि २२ घाइते यात्रुहरूलाई स्मिथफिल्डको अस्पतालमा उपचार गरियो।”

ट्रकविपरीत दिशामा जाँदै गरेको प्रारम्भिक रिपोर्टहरूले सङ्केत गरेको प्रहरीले जनाएको छ।

अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको विज्ञप्तिमा जनाइएको छ।

घटनास्थलमा आपत्‌कालीन टोली खटिएकाले प्रहरीले सवारी चालकलाई उक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad