ग्लोबल


युद्धविरामको अवधि थप्ने इजरायलको निर्णय हमासले गर्‍यो अस्वीकार

युद्धविरामको अवधि थप्ने इजरायलको निर्णय हमासले गर्‍यो अस्वीकार

फाइल तस्बिर: युद्धग्रस्त गाजा क्षेत्र


नेपालखबर
फागुन १८, २०८१ आइतबार १४:५४, काठमाडौँ

अमेरिकी प्रस्तावमा इजरायलले अनुमोदन गरेको युद्धविराम ६ हप्ता थप्ने निर्णय हमासले अस्वीकार गरेको छ। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफले तयार पारेको प्रस्तावअनुसार इजरायली इजरायली सरकारले रमजानका लागि भन्दै युद्धविरामको अवधि ६ हप्ता थप गरिएको बताएको थियो।

तर हमासले अगाडि बढ्ने एक मात्र बाटो वार्ता पूरा गर्नु र सम्झौताअनुसार युद्धविरामको दोस्रो चरण लागू गर्नु भएको तर्क गर्दै त्यसलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ। 

हमास र इजरायलबीच भएको सम्झौताअनुसार गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण शनिबार रातिबाट सकिएको छ।

यस अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ। बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव हमासले अस्वीकार गरेपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउने अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेकाले यो निर्णय गरिएको बताएको छ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। 

जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट अहिलेसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad