ग्लोबल


ट्रम्पसँग झगडा गरेर फर्केका जेलेन्स्कीलाई सेनाका सर्वोच्च कमान्डरको समर्थन

ट्रम्पसँग झगडा गरेर फर्केका जेलेन्स्कीलाई सेनाका सर्वोच्च कमान्डरको समर्थन

युक्रेनका राष्ट्रपति जेलेन्स्की र सेनाका सर्वोच्च कमान्डर सिर्स्की (फाइल फोटो)


नेपालखबर
फागुन १७, २०८१ शनिबार २०:५५, काठमाडौँ

युक्रेनी सेनाका सर्वोच्च कमान्डर ओलेक्सान्डर सिर्स्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बहस गरेका आफ्ना राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सार्वजनिक रूपमा समर्थन गरेका छन्।

टेलिग्राममा पोस्ट गर्दै सिर्स्कीले देशको सशस्त्र सेना युक्रेन, युक्रेनी जनता र यसका कमान्डर-इन-चिफ जेलेन्स्कीको साथमा उभिएको उल्लेख गरेका हुन्। 

सेना प्रमुख जनरल सिर्स्कीले लेखेका छन्, ‘हाम्रो शक्ति एकतामा निहीत छ।’

शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा ट्रम्पसँग चर्को बहस गरेका थिए।

युक्रेनले अमेरिकालाई खनिज दिने सम्झौतामा हस्ताक्षर गर्न भनी ह्वाइट हाउस पुगेका उनी ट्रम्पसँग कुरा नमिलेपछि बाझाबाझ गरेर फर्किएका थिए। 

यस क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीसँग चर्काचर्की गरेका थिए।

योसँगै युक्रेन र अमेरिकाबीच हुने अपेक्षा गरिएको खनिज सम्झौता अन्योलमा परेको छ।

यस विषयमा विश्वभरका नेताहरूले टिप्पणी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad