ग्लोबल


मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प

मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प

फाइल तस्बिर: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १३:१८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन्। 

साथै उनले ‘अस्वीकार्य’ लागुपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोलाई आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने पनि बताएका छन्।

विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ।

यसअघि ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिल देखाउँदै  क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए।

ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा फेन्टानिल आयात बन्द हुँदैन तबसम्म ‘वा गम्भीर रूपमा सीमित हुँदैन’ प्रस्तावित भन्सार शुल्कलागु हुने उल्लेख गरेका छन्। 

‘चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ’, उनले मार्च ४ को सन्दर्भमा भने।

यस महिनाकै सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरेका थिए। 

एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गरेका छन्। 

फेन्टानिल मुद्दा सम्बोधनका लागि वासिङ्टनले तीनवटै देशविरुद्ध कारबाही गर्नुपर्ने ती अधिकारीको भनाइ छ। 

चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले बिहीबार वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति चिन्ता व्यक्त गरे। 

‘चीनले यसको दृढतापूर्वक विरोध गर्छ र जवाफी कदम चालेको छ’, नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भने। 

ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्र जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad