अमेरिकामा ट्रम्प प्रशासनले संघीय एजेन्सीहरूलाई ठूलो मात्रामा कर्मचारी कटौती गर्न निर्देशन दिएको छ।
बीबीसीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बसेको आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि उक्त निर्देशन दिएका हुन्।
ट्रम्पको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रशासनिक खर्च घटाउन गठन गरिएको सरकारी दक्षता विभाग (डज) का प्रमुख इलोन मस्क पनि उपस्थित थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प प्रशासनले जारी गरेको नयाँ निर्देशनमा संघीय कर्मचारीहरूको संख्या घटाउन मार्च १३ सम्ममा योजना बनाउनुपर्ने उल्लेख छ।
त्यसो त यसअघि नै खर्च घटाउन भन्दै छटनी गर्दा संघीय कर्मचारीहरू पीडित छन्। नयाँ निर्देशनमा अब कति कर्मचारी हटाइनेछ भन्ने कुरा भने उल्लेख गरिएको छैन।
मन्त्रिपरिषद्को बैठकमा वातावरण संरक्षण एजेन्सीका प्रशासक ली जेल्डिनले १५ हजार कर्मचारीमध्ये ६५ प्रतिशत हटाउने वाचा गरेको ट्रम्पले बताएका छन्।
Shares

प्रतिक्रिया